coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

रौतहट– रौतहटको गरुडास्थित श्री राम सुगर मिल्समा किसानहरुले विहीवार तालाबन्दी गरेका छन् । ३२ करोडभन्दा बढी भुक्तानी दिनेतर्फ उद्योगले कुनै चासो नदेखाएपछि भुक्तानीको माग गर्दै किसानहरुले उद्योगको विभिन्न विभागमा तालाबन्दी गरेका छन् । रौतहट उखु उत्पादक संघको अगुवाईमा किसानहरुको अगुवाइमा उद्योगको प्रशासन, स्टोर र चिनी गोदाममा तालाबन्दी गरिएको छ ।

गत तीन आर्थिक वर्षको रकममध्ये उद्योगले किसानलाई ३२ करोड रुपैया भुक्तानी दिन बाँकी रहेको छ । आर्थिक वर्ष २०७१।७२ मा उखु किसानले उद्योगलाई बेचेको उखुको मूल्य करिब १८ करोड, आर्थिक वर्ष २०७२।७३ को ६ करोड र आर्थिक वर्ष २०७३।७४ को ८ करोड रुपैया बाँकी रहेको भन्दै उद्योगले दिन आनाकानी गरेको भन्दै किसानहरुले तालाबन्दी गरेको संघका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन् ।

चालू आर्थिक वर्षमा उद्योगले किसानलाई तत्कालै रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको भए पनि उद्योगले किसानलाई धोका दिएको संघका अध्यक्ष अशोक कुमार यादवले बताएका छन् । उद्योगले संघ सामु गरेको प्रतिबद्धता जाहेर गरेपछि किसानले उद्योगलाई उखु बेचेको तर उद्योगले किसानलाई रकम उपलब्ध गराउन आनाकानी गरिरहेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष यादवले बताएका छन् ।

उद्योगले तत्काल किसानको रकम भुक्तानी दिन सुरु नगरे संघले थप कडा आन्दोलन गर्ने चेतावनी पनि यादवले दिएका छन् ।

प्रकाशित: ७ वैशाख २०७४ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App