coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा मोर्चा र प्रहरीबीच झडप

रौतहट– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ । गौर नगरपालिकाको सभाकक्षमा जनता आवास सम्बन्धी कार्यक्रमलाई एमाले साँसद राम कुमार भटराईले सम्बोधन गर्ने थाहा पाएपछि लाठी जुलुसमा रहेका मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम बिथोल्न खोजेका थिए।

काँग्रेस, माओवादी र एमालेका सासदहरु सम्मिलित हुने जनता आवास सम्बन्धी कार्यक्रम रहेको मोर्चा कार्यकर्ताहरुले थाहा पाएका थिए । मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार लाठी जुलुस प्रदर्शन गरेका थिए । लाठी जुलुसकै कार्यक्रममा मोर्चा कार्यकर्ताहरुले नगरपालिकाको कार्यक्रमलाई बिथोल्ने उदेश्यले आक्रमण गरेको र प्रहरीमाथि प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकृष्ण भन्डारीले बताएका छन् ।

प्रहरीसँग झडप हुन थालेपछि प्रहरीले मोर्चाका केही नेताहरुलाई पक्राउ गरेका थिए । पक्राउ पर्नेमा पूर्व सभासद रम्भा देवी यादव, रामेश्वर यादव, अरुण सिंह, धर्मेन्द्र पटेलसमेत आठजनालाई पक्राउ परिएको प्रवक्ता भन्डारीले बताए । पक्राउ परेकाहरु राष्ट्रिय जनता पार्टी (राजपा)का नेता हुन्। नेताहरु पक्राउ परेपछि मोर्चाका कार्यकर्ताहरुले केही घन्टा जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धरना दिएका थिए । पक्राउ परेका मोर्चाका सबै नेता तथा कार्यकर्तालाई साँझ रिहा गरिएको डिएसपि भन्डारीले बताए ।

प्रकाशित: ७ वैशाख २०७४ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App