८ वैशाख २०८१ शनिबार
राजनीति

मधेश केन्द्रित ६ दलबीच एकता

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ दलबीच बुधबार एकता भएको छ । एकतापछि बनेकाे नयाँ पार्टीकाे नाम राष्ट्रिय जनता पार्टी राखिएकाे छ। नयाँ पार्टीले चुनाव चिन्ह छाता राखिएकाे छ।

बिहीबार राजधानीको अमृतभोग पार्टी प्यालेसमा ५ पार्टीको एकता घोषणा कार्यक्रम राखिएको थियो। शुरूमा ५ पार्टीबिच एकता हुने तयारी थियाे र त्यसैअनुसार ब्यानर, विज्ञप्ती सबै बनाइएकाे थियाे । तर, कार्यक्रमकाे अन्त्यतिर अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकतामा मिसिन अाइपुगेपछि ६ दलबीच एकता भएकाे हाे।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्रराय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी नेपाल, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भएको हो ।

हेर्नुहाेस् तस्बिरहरू(तस्बिरः दिपेश श्रेष्ठ)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App