coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको आयोजना गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्र्रिय फोटो पत्रकारिता अवार्ड २०७३ बारे जानकारी गराएको हो।  

‘राष्ट्रिय फोटो पत्रकार समूह (एनफएपीजे)को २० औं वाषिकोत्सवको अवसर पारेर आगामी वैशाख १३ मा फोटो पत्रकारिता अवार्ड २०७३ को आयोजना गर्न लागेका हौं । फोटो पत्रकारहरुलाई प्रोत्साहन गर्न विभिन्न १३ वटा विधामा अवार्ड वितरण गर्दैछौं,’ आयोजकका ध्रुव आलेले भने।

कार्यक्रममा विभिन्न विधामा मनोनित भएका टप ५ फोटो पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आगामी वैशाख १३ मा आर्मी अफिसर्स् क्ल्बमा हुने राष्ट्र्रिय फोटो पत्रकारिता अवार्डमा जीवनभर फोटो पत्रकारिता गरेका एक फोटो पत्रकारलाई ५० हजार रुपैयाँ नगद राशीसहित डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ।

त्यसबाहेक वर्षको उत्कृष्ट फोटो पत्रकार,डेली लाईफ, कल्चर एण्ड टुरिजम, पोलिटिकल, अनलाईन, स्वतन्त्र फोटो पत्रकार,विजनेश महिला फोटो पत्रकार, मनोरञ्जन, मोफशल,खेलकुदर र सक्रिय फोटो पत्रकार लगायत विधामा २५ हजार रुपैयाँ राखीको पुरस्कार प्रदान गरिँदैछ।
 

 

प्रकाशित: ७ वैशाख २०७४ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App