१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ सरकारमा सहभागी हुने सद्भावना सह-अध्यक्षकाे भनाइ

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा माओवादी नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा सिँगो मधेश यतिवेला खुशी छ, म भर्खरै मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुशीयाली मनाइरहका छन।’

काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होइनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं।’

उनले काँग्रेस र माओवादीसँग अहिलेपनि मधेसी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे। उनले थपे, ‘उनीहरुले हामीसँग कुरा गरेकोले भोट दिन्छौं, अब काम गरेपछि साथ दिन्छौं, सरकारमा पनि जान्छौं।’ कर्णले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा काँग्रेस–माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने समेत बताए ।  कर्णले मधेसी मोर्चालगायत आदिवासी, जनजाति, दलितका खोसिएका अधिकारलाई पूर्नस्थापित नगरेसम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पारे।

प्रकाशित: ३० असार २०७३ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App