८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि सोसल मिडिया उपयोग गर्ने

पार्टी कार्यालय सानेपामा बिहीबारदेखि स्थापना भएको मिडिया सेन्टर

काठमाडौं— स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।

'फेसबुक, ट्विटरबाट पनि चुनाब क्याम्पियन हुनेछ। त्यसका लागि अन्य देशमा चुनाब क्याम्पियन सञ्चालन गरेका अनुभवी व्यक्तित्वलाई निम्ताएर हामी तालिम सञ्चालन गर्दैछौं', उनले भने।

उच्च गतिका इन्टरनेट जडित कम्प्युटर काम विशेषले कांग्रेस पार्टी कार्यलय पुग्ने सञ्चारकर्मीले उपयोग गर्न सक्नेछन्। फोटो कपी, फ्याक्स तथा टेलिफोनसहितको मिडिया सेन्टर अधिकतम समय सञ्चालनमा राख्ने तयारी भइरहेको छ। मिडिया सेन्टरमा ७५ वटै जिल्लाका पार्टीका स्थानीय इकाइको तथ्याङ्क राखिनेछ।

'दुई सिफ्टमा साथीहरु रहनेगरी मिडिया सेन्टर सञ्चालनमा आएको छ', अनलाइन उपसमितिका संयोजक अजयबाबु शिवाकोटीले भने, '१० गतेदेखि कांग्रेसले छापा, इलेक्ट्रोनिक, अनलाइन तथा सामाजिक सञ्जालबाट आक्रमक प्रचारमा जाने तयारी गरेको छ।'

कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै रमेश लेखक संयोजक तथा गगन थापा उपसंयोजक रहेको प्रचार उपसमिति गठन गरी निर्वाचन प्रचार प्रसार तयारी गरेको हो।

सोसल मिडिया उपयोग गर्ने

कांग्रेसले सामाजिक सञ्जालबाट पनि चुनाब प्रचारलाई व्यापकता दिने तयारी गरेको छ। नेपालको आधाभन्दा बढी जनसंख्या फेसबुकमा छ।

'फेसबुक, ट्विटरबाट पनि चुनाब क्याम्पियन हुनेछ। त्यसका लागि अन्य देशमा चुनाब क्याम्पियन सञ्चालन गरेका अनुभवी व्यक्तित्वलाई निम्ताएर हामी तालिम सञ्चालन गर्दैछौं', उनले भने। पार्टीको घोषणापत्रका मुख्य बुँदा प्रचार गर्न एवं प्रतिस्पर्धीले लगाएका आरोपको चुस्त, तथ्यपरक खण्डनका लागि सोसल मिडिया उपयोग गरिने रणनीति बनाएको उनले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०७४ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App