७ वैशाख २०८१ शुक्रबार
कला

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

काठमाडौं– नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुलाई लिएर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर उक्त चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ।

ऊर्जामन्त्री भएपछि नेता जर्नादन शर्माले लिएका अठोट र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछि उनले देखाएको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । एकजना मन्त्री र एक कार्यकारी निर्देशकको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको आमूल परिर्वतन, आम नागरिकमा आएको सन्तुष्टि र समग्र मुलुककै आर्थिक समाजिक विकासमा आएको  सकारात्मक प्रभावलाई चलचित्रमा देखाइएको छ। चलचित्रले विद्युत् उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युत्को उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई दर्शक सामु प्रष्ट्याएको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार महानायक राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन्। चलचित्रमा विद्युत् विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजिएको  छ।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा छ। सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ। नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित: ७ वैशाख २०७४ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App