coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बसुन्धराश्री पुरस्कार डा. तारानाथ शर्मालाई

काठमाडौं– यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ।

उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाको सिर्जनाद्वारा नेपाली साहित्यमा सिंगो जीवन समर्पण गरेवापत डा. शर्मालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ।

यसैगरी चर्चित संचारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीलाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । प्रवासमा रहेर पनि नेपाली साहित्यका विभिन्न विधाको सिर्जना तथा आफ्नो सुमधुर स्वरद्वारा नेपाली साहित्यका कृतिहरूलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाउन योगदान दिएवापत नेपालीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । यो पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ ।

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यो निर्णय गरेको प्रज्ञाप्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: ७ वैशाख २०७४ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App