८ वैशाख २०८१ शनिबार
राजनीति

सामूहिक नेतृत्वमा राष्ट्रिय जनता पार्टी, पालैपालो अध्यक्षता गर्ने

काठमडौं- मधेसी मोर्चामा आबद्ध पाँच दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) सामूहिक नेतृत्वमा चल्ने भएको छ। पार्टीका पाँचै अध्यक्षले राजपालाई सामूहिक नेतृत्व दिने सहमति भएको  राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

यसअनुसार पहिलो बैठक तमलोपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवले बैठकको अध्यक्षता क्रमशः गर्नेछन्।

‘तत्कालका लागि पाँचै जना अध्यक्षले सामूहिक नेतृत्व गर्नेगरी अध्यक्षमण्डल बनाइएको छ। उहाँहरुले प्रत्येक बैठक पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ। सुरुमा संसदमा कायम रहेको दलको हैसियतअनुसार ठूलो दलको अध्यक्षले पार्टी बैठकको अध्यक्षता गर्नेछन्,’ झाले नागरिकन्युजलाई भने।

यसअनुसार पहिलो बैठक तमलोपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवले बैठकको अध्यक्षता क्रमशः गर्नेछन्।

शीर्ष नेताहरुबीच तमलोपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जाने प्रस्ताव गरेपनि सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नमानेपछि सामूहिक नेतृत्वमा सहमति भएको स्रोतको भनाई छ।

राजपाको दोस्रो तहमा उच्चस्तरीय राजनीतिक समिति बनाइएको छ। जसमा पाँचै पार्टीका उपाध्यक्ष र सहअध्यक्षहरु रहनेछन्। त्यस्तै सचिलायमा सबै पार्टीका महासचिव, सहमहासचिव र महामन्त्री, सहमहामन्त्री रहनेछन्।

त्यस्तै कोष सञ्चालन समितिमा कोषाध्यक्ष र सहकोषाध्यक्षहरु रहनेछन् भने प्रचास प्रचास समितिमा प्रवक्ता र सहप्रवक्ता रहनेछन् भने सबै पार्टीका केन्द्रीय सदस्यहरु हाललाई केन्द्रीय सदस्यमै रहनेछन्।

प्रकाशित: ७ वैशाख २०७४ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App