coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल पत्रकार महासङ्घ जाजरकोटमा सिंह

जाजरकोट – नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । बुधबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट उनी निर्विरोधरुपमा अध्यक्ष चयन भएका हुन् । सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । 

यसैगरी, उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लीला पौडेल, सचिवमा हेमन्त केसी, सहसचिव समावेशीमा रामचन्द्र घर्तीमगर, सहसचिव खुल्लामा युद्धजित शर्मा, कोषाध्यक्षमा दीपबहादुर घर्ती चयन भएका छन् । 

शाखाको खुल्ला सदस्यमा तीर्थराज बोहरा, सरोज वली, वासुदेव शर्मा, चन्द्रप्रकाश खत्री, महिला सदस्यमा सुरिता बस्नेत, जनजाति सदस्यमा नरेश राना मगर, दलित सदस्यमा करिश्मा परियार, अपाङ्ग सदस्यमा सुरेन्द्रबहादुर सिंह निर्विरोध चयन भएका छन् । रासस 

प्रकाशित: ७ वैशाख २०७४ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App