coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुमो दुर्घटनामा २ को मृत्यु ८ घाइते

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत भद्रकालीको पिपलभञ्ज्याङमा बुधबार राती सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ भने आठ घाइते भएका छन् । 

काठमाडौँबाट बर्दिवास जाँदै गरेको ना १ ज ५४४४ नम्बरको रातु कमलामाई यातायात सेवा समितिको सुमो ब्रेक फेल भई सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो । 

दुर्घटनामा परि जयकुमार यादव र सरोज कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख उमाशंकर पञ्जियारले बताए । मृतकको ठेगाना भने खुल्न सकेको छैन् ।

दुर्घटनामा परि घाइते भएका आठ मध्ये पाँच जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि बर्दिवास पठाइएको छ । 

प्रकाशित: ७ वैशाख २०७४ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App