७ वैशाख २०८१ शुक्रबार
प्रविधि

नेपाली बजारमा ग्यालेक्सी एस ८ र एस ८ प्लस, मूल्य ८८ हजार नौ सय

काठमाडौं- सामसङलेग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ। बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफोन वैशाख २२ बाट किन्न सकिने कम्पनीले जनाएको छ। एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।

बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ तेकिएको भने ग्यालेक्सी एस ८ प्लसको मूल्य ९८ हजार नौ सय रुपैयाँ रहेको सामसङ नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए। ग्यालेक्सी एस ८ को स्त्रि्कन ५। ८ को रहेको छ भने ग्यालेक्सी एस ८ प्लसमा ६।२ इन्चको स्त्रि्कन रहेको कम्पनीले जनाएको छ।दुवै मोबाइलको  ६ महिनाका लागि इन्स्योरेन्सको व्यवस्था गरिएको छ।

मोबाइलमा आठ महिनाको लागि ८ जिबीको डाटा प्याकको पनि सुबिधा छ। प्रत्येक महिना १ जिबीको रुपमा आठ महिनासम्म ८ जिबी डाटा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ।सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ। यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्त्रि्कनमा लगाइएको छ। फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन र भिडियो हेर्न सकिन्छ।

साथै च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ।यी दुवै फोनका स्क्रीनको रिजलुसन पनि पहिलेजस्तै रहेको कम्पनीले जनाएको छ। सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ। मोबाइलमा फ्रन्ट क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सल रहेको छ। कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट आकर्षक रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ वैशाख २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App