८ वैशाख २०८१ शनिबार
खेल

गर र मरको अवस्थामा पारस र शक्तिको टिम

धनगढी- दुवै टोलीका कप्तानले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगअन्तर्गत बिहीबार धनगढी टिम चौराह र रूपन्देही च्यालेन्जर्सबीच हुने प्लेअफ खेल गर या मरको अवस्थामा रहेको बताएका छन्।

समूह चरणमा शीर्ष टोलीको हैसियतमा प्लेअफ प्रवेश गरेको रूपन्देही पहिलो प्लेअफमा शरद भेषावकरको विराटनगरसँग पराजित भएको थियो। शीर्ष दुई टोलीबीच पराजित टोलीले तेस्रो र चौथो स्थानको विजेता टोलीसँग पुनः फाइनल प्रवेशका लागि अवसर पाउँछ। सुरुमा लगातार तीन खेल पराजित भएको टिम चौराहले बुधबार शक्ति गौचनको रूपन्देही च्यालेन्जर्सलाई ६ विकेटले हराउँदै दोस्रो प्लेअफका लागि स्थान बनाएको हो।

‘पहिलो तीन खेल हारे पछि हाम्रा लागि सबै खेल फाइनल सरह थिए। त्यसैले भोलिको खेल पनि गर या मरको खेल हो,' टिम चौराहका कप्तान पारस खड्काले भने, ‘अब जितको विकल्प छैन। पछिल्लो समय हामी लयमा छौं। भोलीिपनि यसलाई निरन्तरता दिनु आवश्यक छ। रुपन्देही राम्रो टोली हो। हामी तयार छौं राम्रो क्रिकेट खेल्नैपर्छ।'

राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारसले बिहानको खेलमा टस महŒवपूर्ण हुने भए पनि आफूहरूलाई फरक नपर्ने प्रतिकृया दिए।

‘हामीले पहिलो र पछि दुबै ब्याटिङमा जितेका छौं। त्यसैले हामी तयार छौं। मैले टोलीलाई दुबै अवस्थाको सामना गर्न तयार रहन भनेको छु,' पारसले भने, ‘रुपन्देही राम्रो टोली हो। उनीहरूलाई पनि जित्नै पर्छ। हाम्रा क्याच छुटिरहेका छन्। प्रत्येक खेलमा २ ३ वटा छुटिरेहका छन्। त्यसमा सुधार आवश्यक छ।'

रुपन्देहीका कप्तान शक्तिले पनि बिहीबारको खेल गर या मरको अवस्थामा रहेको बताए। उनले थपे, ‘हामी तयार छौं। अब सबै खेल गर या मरको अवस्थामा छन्। राम्रो क्रिकेट खेल्नुको विकल्प छैन।'

प्रकाशित: ७ वैशाख २०७४ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App