८ वैशाख २०८१ शनिबार
राजनीति

महत्वपूर्ण निर्णय नगर्न सरकारलाई कांग्रेस-माअाेवादीकाे चेतावनी

काठमाडौं–सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्र र माओवादीसँग गठबन्धन बनाउन सहमति गरेको नेपाली कांग्रेसले वर्तमान सरकारलाई कमचलाउ भन्दै महत्वपूर्ण निर्णय नगर्न सचेत गराएका छन्।

दुवै दलले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि केपी ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा गरेको भन्दै महत्वपूर्ण निर्णय नगर्न सरकारलाई आग्रह गरेका हुन्।

‘वर्तमानसरकारबाट सत्ता साझेदार दोश्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले आफ्नो समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट छ, विज्ञप्तिमा भनिनएकाे छ, ' संविधान तथा प्रचलित कानून बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसद भित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका तेह्र वटा राजनीतिक दलहरुले संसद सचिवालयमा २०७३ आषाढ २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरि सकेको अवस्थामा, वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेको छ । यसर्थ, वर्तमान सरकारले दैनिक काम काजका सामान्य काम वाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालिन प्रभाव पार्ने निर्णयहरु नगर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वर्तमान सरकारको ध्यानाकर्षण गराउँदछ ।'

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App