coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गेलको दश हजार रन

राजकोट- क्रिस गेलले ३८ बलमा ७७ रनको योगदान गरेपछि रोयल च्यालेन्जर्स बेङलरले मंगलबार राति इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा गुजरात लायन्सलाई २१ रनले हराएको छ। मंगलबारको प्रदर्शनसँगै गेलले ट्वान्टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाएका छन्। आइपिएलको जारी सिजनमा गेलको यो सबभन्दा उच्च स्कोर थियो।

प्रभावशाली प्रदर्शन गर्ने क्रममा ओपनरद्वय गेल र कप्तान विराट कोहलीले १ सय २२ रनको साझेदारी गरेका थिए।

गेल र कोहलीको उत्कृष्ट ब्याटिङमा बेङ्लोरले  २० ओभरमा २ विकेट गुमाई २ सय १३ रन जोडेको थियो। जुन जारी सिजनमा सिजनमा बेङ्लरले बनाएको सर्वाधिक रन हो।

पहिलो विकेटको रूपमा आउट भएका प्लेयर अफ द म्याच गेलले ७७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए। १२.४ ओभरमा गेल आउट हुँदा बेङ्लोरले १ सय २२ रन जोडेको थियो। गेललाई बासिल थाम्पीले आउट गरे।

खेलअघि नै आफू कीर्तिमाननजिक पुगेको बारे सचेत रहेको गेलले बताए। ‘खेलअघि सामुइल बद्रीले मलाई सम्झाएका थिए। उनले क्रिस, तीन रनभन्दा बढी बनाए त्यो कीर्तिमान बन्छ भनेका थिए। पक्का विश्वास छ तिमीले त्यो पूरा गर्छौ,' गेलले भने, ‘वास्तममा त्यो मेरो दिमागमा थियो। तर उनले सम्झाएका थिए। एउटा रेखा मैले पूरा गरंे। अझै अगाडि बढ्नु छ। म साँच्चीकै खुसी छु यो सफलता प्राप्त गर्दा।'

यसै गरी कोहली ६४ रन जोडेर धवल कुलकर्णीको बलमा ड्वाइन स्मिथबाट क्याच भएका थिए। अविजित रहेका केदार जडेजाले ३८ र ट्राभिज हेडले ३० रन बनाए। गुजरातका कुलकर्णी र थाम्पीले १/१ विकेट लिएका थिए।

जबाफमा ओपनर ब्रेन्डन म्याककलमले सर्वाधिक ७२ रनको योगदान गरे पनि गुजरातले लक्ष्य पूरा गर्न सकेन। गुजरातले २० ओभर पूरा खेलेर ७ विकेटको नोक्सानीमा १ सय ९२ रन बनाएको थियो।

ओपनर ड्वायन स्मिथ दोसो ओभरमा आउट हुँदा गुजरातको सुरुआत सुखद हुन सकेन। स्मिथलाई युजभेन्द्र चहलले मन्दीप सिंहबाट क्याच गराएका थिए। तर अर्का ओपनर म्याककलमले आत्मविश्वासका साथ ब्याटिङ गरे। 

१५औं ओभरमा म्याककलमलाई चहलले एडम मिल्नेबाट क्याच गराएका थिए। म्याककलमले ४४ बलमा २ चौका र ७ छक्का प्रहार गरे। गुजरातका इसान किसनले ३९ रन जोडेका थिए। गुजरातका लागि एरोन फिन्च (१९) र म्याककलमले (४१) तेस्रो विकेटका लागि सर्वाधिक ६६ रनको साझेदारी गरे।

बेङ्लरका युजभेन्द्रले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चेका थिए।

प्रकाशित: ७ वैशाख २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App