coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

आजको बैठकमा के भयो?

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक फोरम नेपाल र राप्रपासहित ५ वटा पार्टीबीच बैशाख ३१ गते निर्वाचन गराउने विषयमा कुरा भयो। त्यस्तै असन्तुष्ट मधेसी मोर्चालगायतलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्नेबारे छलफल भयो। छलफल सकारात्मक नै छ।

दुई चरणमा निर्वाचन गर्ने कुरा आएको छ नि?

सरकारको आधिकारिक धारणा त होइन तर प्रधानमन्त्रीज्यूले मधेसी मोर्चा आउँछ भने दुई चरणमा गर्ने तर्क गर्नुभएको छ, त्यो तर्कको रुपमा मात्रै हो, प्रस्तावको रुपमा आएको होइन भन्नुभएको छ। म तपार्इंहरू (मिडिया) मार्फत यो भन्न चाहान्छु कि वैशाख ३१ गते एकै चरणमा चुनाव हुन्छ, यसमा कुनै भ्रम नराख्नु होला।

मधेसी मोर्चा चुनावमा आउन सक्ने सम्भावना छ भने दुई चरणमा पनि जानुपर्छ भन्ने तर्क छ, यसलाई कुन रुपमा लिने? त्यो आफैं बुझ्नुहोला। तर, सरकारको तर्फबाट यो प्रस्ताव अहिलेसम्म तय भएको छैन।

सुरक्षा अवस्था कस्तो छ?

जहाँसम्म सुरक्षाको कुरा छ, गृह मन्त्रालयअन्तर्गतको सुरक्षा व्यवस्था एकदम तयार छ। सुरक्षामा कमजोरी कहीं कतै छैन। ५ वटा विकास क्षेत्रमा नै सुरक्षा गोष्ठी गरिरहेका छौं, सुरक्षा योजनाको काम भएको छ। निर्वाचनका लागि सबै खाले सुरक्षा प्रदान गर्न सबै सुरक्षा निकाय तयार छन्– नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, नेपाली सेना पनि। मेरै (गृहमन्त्री) नेतृत्वमा केन्द्रीय सुरक्षा समिति बैठक बस्छ, त्यहाँ नेपाली सेनाको पनि उपस्थिति हुन्छ, त्यसको बैठक बसी केन्द्रीय सुरक्षा योजना तयार पारेर क्षेत्र र जिल्ला जिल्लामा पठाइसकेका छौं। सम्पूर्ण बन्दोबस्त भइसकेको छ। अब कुनै भ्रममा नपरे हुन्छ।

मधेसी मोर्चासहित वैशाख ३१ मा चुनाव हुन्छ त?

वैशाख ३१ मा नै चुनाव हुन्छ, मधेसी मोर्चा पनि चुनावमा आओस् भन्ने अझै पनि हाम्रो चाहाना छ।

तपार्इंले मध्यरातमा टि्वट गर्नुको कारण के हो?

टि्वटका लागि टाइम हुन्छ भन्ने छैन, टि्वट त जतिखेर पनि गर्न सकिन्छ नि? त्यो समयले म जतिबेला पनि सक्रिय छु भन्ने कुरा पनि हो, म जतिबेला पनि राम्रो छु, देशका लागि म कत्ति जिम्मेवार छु भन्ने समयबाट थाहा हुन्छ। गृह मन्त्रालय त राति पनि सुत्दैन, कहिल्यै सुत्दैन नि, जनताका लागि सुरक्षा त दिनुपर्छ नि।

प्रकाशित: ७ वैशाख २०७४ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App