८ वैशाख २०८१ शनिबार
राजनीति

देशभर १८ हजार मतदान केन्द्र कायम

काठमाडौं– आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बुधवार बसेको आयोगको बैठकले देशभरका ७५ जिल्लाका ७ सय ४४ स्थानीय तहमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल निर्धारण गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  

आयोगको यो निर्णयसँगै स्थानीय तहको निर्वाचनमा सहभागी हुने १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले कुन मतदान स्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुंगो समेत लागेको छ। आयोगका अनुसार सबैभन्दा कम मतदान केन्द्र र मतदान स्थल मनाङमा छन् भने सवैभन्दा बढी काठमाडौंमा कायम गरिएको छ।

निर्वाचन आयोगका अनुसार मनाङमा २८ वटा मतदान केन्द्र र मतदान स्थल निर्धारण गरिएको छ भने काठमाडौंमा ३ सय २० मतदान स्थल र ६ सय ८६ मतदान केन्द्र तोकिएको छ । २०७० को संविधानसभा निर्वाचनमा १० हजार १३ स्थानमा १८ हजार ४ सय ८३ मतदान केन्द्र थिए ।

 

प्रकाशित: ६ वैशाख २०७४ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App