coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

५ मेगावाट क्षमतायुक्त तल्लो तादीकाे बाँध निर्माण सुरु

नुवाकोटको तल्लो तादी जलविद्युत आयोजनाको बाँध निर्माण स्थल । तस्बिरः शंकर श्रेष्ठ

नुवाकोट– नुवाकोटको तादी खोलामा निर्माण हुन लागेको ५ मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको बाँध निर्माणको काम सुरु भएको छ।

बालकुमारी र थप्रेकमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालीले जिम्मा लिएको छ । बालकुमारीको सिम्लेमा बाँधस्थल निर्माण सुरु गरिएको हो।

आयोजना निर्माणमा कम्पनीले ३५ प्रतिशत, सिद्धार्थ बैंकको नेतृत्वमा ५ वटा बैंकले ६५ प्रतिशत लगानी रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । आयोजना निर्माणमा ९८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न भइसक्ने श्रेष्ठले बताए ।

आयोजनाले बालकुमारीको सिम्लेमा बाँध बनाएर २ हजार ८०० मिटर पाइपलाइनमार्फत थप्रेकको नौटारीमा विद्युत उत्पादन गृह बनाउन सुरु गरेको छ। आयोजनाबाट उत्पादन भएको विद्युतलाई समुन्द्रटार–त्रिशूली थ्रीबी हब १३२ के.भी. प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारण लाईनमा जोडिनेछ।

आयोजनाबाट प्रभावितहरुले निर्माण सम्पन्न भएपछि १० प्रतिशत शेयर उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । श्रष्ठले भने ‘लगानीको एक प्रतिशत प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वमा खर्च गर्छौ ।’

तादी खोलाको पानीलाई प्रयोग गरी अहिले पाँच मेवा क्षमताको आदिशक्ति जलविद्युत् गृह सञ्चालनमा आइरहेको छ भने तल्लो तादी सञ्चालन सुरुभएसँगै थप आठ ओटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्।


 

प्रकाशित: ६ वैशाख २०७४ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App