उम्मेदवार छान्ने अन्तिम तयारीमा काँग्रेस

बुधबार, ०६ बैशाख २०७४, १६ : ०० नागरिक

काठमाडौँ – नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । 

पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समितिअन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रिया थालिसकेको र यो काम अन्तिम चरणमा रहेको छ । काँग्रेसले यसअघि नै पार्टीका स्थानीय निकायमा संयन्त्र बनाई वैशाख ७ गतेसम्म आफ्ना उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरिसकेको छ । 

पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाई निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक÷दुई दिनभित्र पठाइसक्ने जनाएको छ । खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछि मात्र पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लाग्नेछ । 

मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीनप्रतिका दरले र १० प्रतिशत थप गरी कुल एक लाख १५ हजार एक सय ६३ पत्र  पठाउन काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिए । यही वैशाख ४ गतेदेखि आधिकारिक मनोनयन पत्र पठाउन सुरु गरेको काँग्रेसले आजसम्म ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ । 

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिए। 

आयोगले उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुने जनाएको छ । आयोगले निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ । 

काँग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय निर्वाचन आयोगलाई बुझाइसकेको छ । 

पार्टीका तर्फबाट ७५ जिल्लामा खटिएका पदाधिकारीमध्ये नेताद्वय खुमबहादुर खड्का र केबी गुरुङ अस्वस्थताका कारण जिल्ला जान नसक्ने देखिएपछि नेता एवम् मन्त्रीद्वय डा प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई दुई/दुई जिल्लाको जिम्मेवारी दिइएको छ । बाँकी सबै जिल्लामा पदाधिकारी र सदस्य खटाइएको पार्टी कार्यालयले जनाएको छ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad