coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मध्यरातको ट्विटबारे निधिको जवाफ : गृह मन्त्रालय राति पनि सुत्दैन

उपप्रधान तथा गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो मध्यरातको विवादास्पद ट्विटबारे प्रस्टिकरण दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पाँच दलका शीर्ष नेताको बैठकबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले घेराहालेर प्रश्न गरेका थिए।

‘ट्विटका लागि टाइम हुन्छ भन्ने छैन। जतिखेर पनि गर्न सकिन्छ नि।’ ठट्यउली शैलीमा उनले गृहमन्त्रालय रातभरि नसुत्ने बताए। ‘गृह मन्त्रालय राति पनि सुत्दैन। मध्यरातमा ट्विट गर्नुको मतलब म जतिबेला पनि सक्रिय छु भन्ने हो।’

‘मध्यरातमा ट्विट गर्नुको कारण चाहिँ के हो?’, सञ्चारकर्मीले सोधे

हँसिलो मुद्रामा पेश भएका उनले भने, ‘ट्विटका लागि टाइम हुन्छ भन्ने छैन। जतिखेर पनि गर्न सकिन्छ नि।’ ठट्यउली शैलीमा उनले गृहमन्त्रालय रातभरि नसुत्ने बताए। ‘गृह मन्त्रालय राति पनि सुत्दैन। मध्यरातमा ट्विट गर्नुको मतलब म जतिबेला पनि सक्रिय छु भन्ने हो।’

उनले अाफ्नो अध्यक्षमा रहेको सुरक्षा

गृहमन्त्रीले सोमबार बिहान २ बजे ट्विट गर्दै निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त नरहेको उल्लेख गरेका थिए। उनले भनेका थिए,'निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त छैन। सफल निर्वाचनका लागि दलहरुबीच सम्वादमार्फत् राजनीतिक समाधान खोजिनुपर्छ।'

उनको सो ट्विटले जनमानसमा निर्वाचनबारे द्वविधा बढाएको भन्दै निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएको थियो। आयोगले भनेको थियो, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

विवादमा परेपछि गृहमन्त्री निधिले निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्ध गजब रहेको भन्दै अर्को ट्विट गरेका थिए। राजनीतिक सम्वादमार्फत् मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने उनले उल्लेख गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App