८ वैशाख २०८१ शनिबार
राजनीति

मेयर दाबी गर्ने एक्ली महिला कान्तिका

जिल्लामा भएको कार्यक्रममा संवोधन गर्दै नेतृ सेजुवाल तस्बिर : डिवी वुढा

जुम्ला – स्थानीय तहको निर्वाचनको समयावधि नजिकिदै गर्दा दलहरू उम्मेद्वार छनौटमा घनिभूत रुपमा लागिरहेका छन् । सबै दलका नेता कार्यकर्ता गाउँ र नगरपालिका केन्द्रित छन । तर अहिलेसम्म कुनै पनि दलले प्रमुख, उपप्रमुख र मेयरको टुंगो लगाउन सकेका छैनन । टुंगो लागेपनि गाउँपालिकाको प्रमुखमा महिला आउने संभावना देखिदैन ।  

‘एकजना महिलालाई पार्टीले मेयरमा नपत्याउला जस्तो मलाई लाग्दैन’

तर नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि कान्तिका सेजुवाल चन्दननाथ नगरपालिकाको मेयरमा दाबी गर्दै आइरहेकी छिन् । जुम्लामा मेयरमै दाबी गर्ने उनी एक्ली महिला हुन् । पेशाले शिक्षिका उनी दुई वर्षदेखि राजनीतिमा क्रियाशिल छिन् । शिक्षक पेशा त्यागेर राजनीतिमा छिरेकी उनी काँग्रेसको तर्फबाट मेयर उम्मेद्वारको आकांक्षी एक्ली उम्मेद्वार हुन् ।

नेतृ सेजुवाल अघिल्लो काँग्रेस जिल्ला समिति सभापति मानव सेजुवालकी धर्म पत्नी हुन् । नेतृ सेजुवाल पार्टीले उम्मेद्वार नतोक्दै घरदैलो अभियानमा सक्रिय भएर चुनावी अभियानमा लागेकी हुन । जुम्लाको सात गाउँपालिका र एक नगरपालिकामा कसैको पनि प्रुमख वा मेयरमा उम्मेद्वारी दाबी नपरेकोले पार्टीले आफूलाई उम्मेद्वार बनाउनेमा ढुक्क रहेको उनले बताइन् । 

‘एकजना महिलालाई पार्टीले मेयरमा नपत्याउला जस्तो मलाई लाग्दैन’ उनले भनिन्, ‘उम्मेद्वारको टिकट पाएमा अत्याधिक मतले बिजयी हुन्छु भन्ने विश्वास छ ।’ १० वटा वडा रहेको चन्दननाथ नगरपालिकामा काँग्रेसबाट नेतृ सेजुवालसँगै दीपक शाही, देवेन्द्र बहादुर शाही, गौरीनन्द आचार्य, पदम बहादुर शाही, राजुसिंह कठायत आकांक्षी छन् । उनले आफ्नो दाबी मेयरमैै रहेको र उपप्रमुखमा चुनाब नलड्ने बताउँदै आएकी छिन । 

उपमेयरमा पार्टीले टिकट दिए पनि लड्दिन, मेरो दाबी मेयरमैै हो, उनी भन्छिन्, मलाई मेयरमा टिकट दिएर जिल्लाभरका महिलालाई पार्टीले सम्मान गर्नेमा विश्वस्त छु । जिल्लामा मेयरमा पदमा दाबी गर्ने सेजुवाल काँग्रेसकी बलियो उम्मेदवार हुन् ।  

चन्दननाथ नगरपालिकामा काँग्रेस र माओबादी केन्द्रबीच प्रतिष्पर्धा रहेको र ति दुवै पार्टीमा आकांक्षीहरूको हानथाप चर्को छ । 

९ हजार हजार सात सय ४२ जना मतदाता रहेको चन्दननाथ नगरपालिकामा माओवादी केन्द्रबाट झण्डै आधा दर्जन बढी आकांक्षी देखिएपनि टुंगो लाग्न सकेको छैन् ।  


 

 

प्रकाशित: ६ वैशाख २०७४ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App