८ वैशाख २०८१ शनिबार
अन्य

भोटेकोसीले पार्यो उठिबास (फोटो फिचर)

तातोपानी (सिन्धुपाल्चोक)–उर्लिरहेको भोटेकोसी नदीको पानी सतह घट्ने कुनै संकेत छैन । धार परिवर्तन गरेको भोटेकोसीको कटान तीब्र छ । नदी कटानले अहिलेसम्म यस क्षेत्रका ७६ घर बगिसकेका छन् । असार २१ गतेको भोटेकोसी बाढीले २० घर बगाएको थियो । बाँकी ५६ घर नदी कटानले बगाएको हो । 

भोटेकोसीले सडक तान्दा त्यहाँ रहेका घर संरचना अहिले पनि क्रमशः बगिरहेका छन् । लार्चादेखि लिपिङ ११ किमी क्षेत्रका घरसंरचना जोखिममा छन् । तलबाट भोटेकोसीले घर नदीतिर तान्दै छ भने माथि अक्करबाट चट्टाने पहिरो खसेर घर किच्दै छ । 

घर जोखिममा पर्दै जाँदा स्थानीय सरसामान जोगाउन तल्लिन छन् । सुरक्षित स्थानमा लैजान सडकमा यत्रतत्र सरसामानको पोका, पन्तुरा देख्न सकिन्छ । नदीले तान्नु अगावै घर भत्काउने चटारो पनि उस्तै छ । झ्याल, ढोका, काठपात, ईँटा मात्र जोगाउन सके क्षति कम हुने र पछि तिनै सामग्री प्रयोगमा ल्याउन सक्ने सोचाइ स्थानीयको छ । सडक पेटीमा त्रिपाल ओडाएर सरसामाग्री जोगाइएको छ । 

घरबाट सामान निकाल्दा र घर भत्काउँदा महिला छाती पिटिपिटी रोइरहेका दृश्यले मन नै कुँडाउँछ । हेर्दाहेर्दै खाली गरिएको घर नदीले तानिदिन्छ । त्यतिबेला रुवाबासी चल्छ । घरबाट निकालिएका सामान चौकीडाँडा, सुरक्षित गाउँमा रहेका आफन्तकोमा ओसार्न स्थानीय व्यस्त छन् । बिपद्मा को आफन्त, को पराइ नभनी छिमेकी–छिमेकी मिलेर मद्दत गरिरहेका भेटिन्छन् ।

भोटेकोसीको बाढीका कारण जोखिममा रहेका घरहरूबाट समान सारेर घर खालि गर्दैछन् पीडितः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App