८ वैशाख २०८१ शनिबार
राजनीति

बनेपा र धुलिखेलमा एमालेका उम्मेदवार सिफारिस

बनेपा –काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। 

बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । 

त्यस्तै पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम मङ्गलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो । 

पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए । 

उनका अनुसार पनौती नगरपालिकामा मात्रै आठ जनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले निर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई यही वैशाख ७ गतेको समय निर्धारण गरेको छ । रासस

प्रकाशित: ६ वैशाख २०७४ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App