८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सन्तोष सिंह

सर्लाही–सर्लाहीको नवलपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २०प २३२५ नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मिनी ट्रक लखनदेही पुलमा एक आपसमा ठोक्ँिकदा मोटर साइकल चालकको घटना स्थलबाट मृत्यु भएको छ । उपचारका लागि हरिवन स्थित नमुना अस्पताल लिएर जादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा हरिवन–३ का ३७ वर्षीय कुलबहादुर योन्जनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुरले जनाएको छ । मोटर साइकल पछाडि बस्ने एक जना घाइते भएका छन् । ठक्कर दिने ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।

 

प्रकाशित: ३० असार २०७३ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App