बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बिहिबार, ३० असार २०७३, १४ : ४१ नागरिक

काठमाडौँ-बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा गर्यो । नेपालको सहज जितका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय पारी खेले । ओपनर अनिल मल्ल चार रनमा आउट भएपछि नेपालको सुरुवात भने सुखद भएन ।

तर अर्का ओपनर ज्ञानेन्द्रले ७४ रनको पारी खेल भने तेस्रो क्रममा आएका शरदले ५० रन बनाए । त्यस्तै कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले आठ÷आठ तथा विनोद भण्डारीले सात रन बनाएपछि नेपालले घरेलु टोलीसामु गतिलो चुनौती पस्कन सक्यो ।

जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९.१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । नेपाली बलरहरु विक्रम सोबले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएपछि फ्रि फोरेस्टर अलआउट भयो ।

संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीले आज जिमखाना क्रिकेट क्लबसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

खेलअघि नेपाली टोलीका कप्तान पारसले फ्रि फोरेस्टरका कप्तान ज्याक किङ्सलाई नेपाली वीरताको प्रतीक खुकुरी उपहार दिएका थिए । रासस





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad