भारतीय व्यापारी विजय मालिया प्रकाउ

बुधबार, ०६ बैशाख २०७४, ०९ : ४७ एजेन्सी

लन्डन— विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ । 

उनलाई लन्डन महानगरीय प्रहरीको सुपुर्दगी विभागले ठगीको आरोपमा भारतीय प्रशासनको आग्रहमा प्रकाउ गरेको बताइएको छ । 

भारतले मालियाको रुग्ण किङ्फिसर एयरलायन्समार्फत आर्थिक अनियमिता गरेको आरोपमा उनलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आइरहेको थियो । 

प्रकाउ परेका मालिया क्रिकेट र मोटर रेसिङसमेतको इच्छा राख्ने व्यक्ति रहेको बिबिसीले जनाएको छ । उनलाई बैंकको छ सय मिलियन पाउण्ड स्टे«लिङ बराबर ऋण रहेको बताइएको छ तर मालियाले भने आफूले कुनै गल्ती नगरको बताउँदै आएका छन् । 

मालियालाई वेस्टमिन्सटर म्याजिस्ट्रेसको अदालतमा मंगलबार अबेर उपस्थित गराइएको छ ।

मालियाले किङ्फिसर ब्राण्डमा नागरिक उड्डयन र फर्मुला वान रेसमा व्यापारमा सफलता प्राप्त गरेका थिए । उनी एफ् वान टिम फोर्स इन्डियाका सह–मालिक र इन्डियन प्रिमियर लिग क्रिकेट आधिकारिक क्लब रोयल च्यालेन्जर्स बैंगलोरका मालिकसमेत हुन् ।  

नागरिक उड्डयनमा रहेको उनको किङफिसर एयरलायन्स भने सन् २०१२ मा ग्राउन्डेड भएको थियो र उसको उडान अनुमति पनि त्यहि वर्ष खारेज भएको थियो । लगातार पाँच वर्षसम्म घाटामा गएपछि र ऋणदाताहरुले नयाँ ऋण थप्न अस्वीकार गरेपछि किङफिसर खारेज भएको थियो । 

गत वर्षको मार्च महिनामा बेलायती ड्रिंक्स कम्पनीबाट छुट्टिदाँ पाउनुपर्ने ७५ मिलियन अमेरिकी डलर लिनबाट पनि मालियालाई रोकिएको थियो । कम्पनीबाट निकालिएपछि उनले उक्त रकम पाउन लागेका थिए तर उनलाई ऋण दिएका बैंक र लगानीकर्ताले मालियाले लिएको ऋण तिर्न उक्त रकम खर्च गनुपर्ने माग गरेका थिए । गत वर्षको अप्रिल महिनामा भारत सरकारले मालिएको राहदानी खारेज गरेको थियो । गत वर्षको मे महिनाबाट भारतले मालियालाई सुपुर्दगी गर्न बेलायतसँग माग गरिरहेको थियो । 

 







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad