coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सकियो बिस्केट जात्रा

भक्तपुर – नौ दिन लामो भक्तपुरको बिस्केट जात्राको मंगलबार समापन भएको छ । भक्तपुरको टौमढीमा राखिएको भैरवनाथको रथ तान्ने क्रम समाप्त भएसँंगै आठ रात नौ दिन लामो जात्रा सकिएको हो ।

 प्रत्येक वर्ष टौमढीमा राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा सोही रथ तान्ने क्रमको समाप्तिसँंगै सम्पन्न हुने परम्परा छ । यसअघि बिस्केट जात्राको अन्तिम दिन मंगलबार बिहान पोटरी स्क्वायरमा हात नभएको लिंगो ढालियो । चैत ३१ गते बिहान उठाइएको लिंगो मंगलबार बिहान ढालिएको थियो । प्रत्येक वर्षको अन्तिम दिन बिहान उठाउने लिंगो बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ । परम्पराअनुसार मंगलबार साढे १० बजे लिंगो ढालिएको थियो । स्थानीयको सक्रियता यो लिंगो उठाउने र ढाल्ने परम्परा छ । 

बिस्केट जात्राको क्रममा भक्तपुरमा दुई ठाउँंमा दुईवटा लिंगो उठाउने र ढाल्ने गरिन्छ । प्रत्येक वर्षको अन्तिम दिन राति भेलुखेलमा हात भएको ठूलो लिंगो उठाउने गरिन्छ । यो लिंगो भने उठाएको भोलिपल्टै अर्थात् वैशाख १ गते नै ढाल्ने गरिन्छ । यो लिंगो ढाल्दा तीन टुक्रा भएर भाँंचेको थियो । उठाउँंदा पनि लिंगो भाँंचेको थियो । घटनामा परी एकजनाको मृत्युसमेत भएको थियो । पहिलो लिंगो भाँंचेपछि जगेडामा राखिएको दोस्रो लिंगो उठाइएको थियो । दोस्रो लिंगो पनि ढाल्दा भाँंचिएको थियो । 

बिस्केट जात्राको मुख्य आकर्षण लिंगो उठाउनु र ढाल्नु हो । साथै भैरवनाथको रथ तान्नु पनि जात्राको अर्काे आकर्षण हो । जात्रामा भद्रकालीको सानो रथ पनि तान्ने परम्परा छ । साथै टोलटोलमा खटजात्रा पनि हुन्छ ।

जात्राकै क्रममा वैशाख ४ गते भक्तपुरमा विशेष ढंगले जात्रा मनाइयो । नौ दिन आठ रात लामो बिस्केट जात्रामा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन नगरभरि जात्रा चलाइएको थियो । बिस्केट जात्राको क्रममा यो दिन  भक्तपुरमा देवतालाई सगुन चढाउने  गरिन्छ । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ ।  

प्रकाशित: ६ वैशाख २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App