coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१० बाेरा अवैध मजितो र हाडे लसुन बरामद

खोटाङ– प्रहरीले खोटाङबाट अवैधरुपमा निकासी गर्न लागिएको मजितो र हाडे लसुन बरामद गरेको छ। खोटेहाङ गाउँपालिकाको चीसापानी–सिमपानी बजार हुँदै ट्याक्टरमा लादेर उदयपुरतर्फ लैजान लागेको अवस्थामा १० बोरा मजितो र हाडे लसुन मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

खोटाङ र उदयपुरको सीमानामा पर्ने रसुवाघाटमा स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा को २ त ५२३७ नम्बरको ट्याक्टरबाट भारी मात्रामा मजितो र हाडे लसुन बरामद गरेको हो । अवैधरुपमा निकासी हुन लागिएको मजितो, हाडे लसुनसहित ट्याक्टर र चालक युवराज बुढाथोकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए ।

विना कागजात र बीना ईजाजत औषधिजन्य बनस्पती मजितो र हाडे लसुन निकासी गर्न लागिएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरिएको मजितो र हाडे लसुन घट्नास्थल मुचुल्का तयार पारेर जिल्ला वन कार्यालयलाई बुझाउने तयारी गरिएको छ। प्रहरीका अनुशार मजितो र हाडे लसुन उदयपुर बेल्टारका पिन्टु चौधरीले अवैधरुपमा निकासी गर्न लागेका हुन् ।
 
जिल्लाबाट अवैध रुपमा खयर, खोटो, लोक्तालगायतका वनपैदावार निकासी हुने गरेको छ। तस्करले राजस्व छली गर्न लुकीछिपी वनपैदावार अवैधरुपमा निकासी निकासी गर्ने गरेका छन्।  

प्रकाशित: ५ वैशाख २०७४ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App