७ वैशाख २०८१ शुक्रबार
राजनीति

पोखरा महानगर र गाउँपालिहरुका वडा अध्यक्ष एमालेबाट सर्वसम्मत सिफारिस

पोखरा—आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

महानगरपालिकाको वडा नं ४, ९, १०, १५, २२, २५ र २७ मा क्रमशः ढाकामोहन पराजुली, गोपी तुलाचन, महेन्द्र गुरुङ, प्रकाश पौडेल, मित्रलाल बराल, शोभाखर तिमिल्सिना र कुमार गुरुङ एमाले वडा कमिटीबाट वडाध्यक्षमा सर्वसम्मत सिफारिस भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार ती वडामा वडासदस्य, महिला र दलित महिला सदस्यमा पनि सर्वसम्मत सिफारिस भएका छन्।

माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ५, ६, ७, ८, ९ मा क्रमशः अनुप गुरुङ (आशा), विक्रम गुरुङ, सूर्य लम्साल, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी, दुर्गाबहादुर क्षेत्री सिफारिसमा परेका हुन्।

अन्नपूर्ण गाउँपालिकाको वडा नं १ मा केदारनाथ अधिकारी, २ मा चूडामणि अधिकारी, ३ मा चन्द्रबहादुर गुरुङ, ४ मा ताइकाजी गुरुङ, ५ मा अर्जुनबहादुर केसी, ६ मा लीला देवकोटा, ७ मा घनश्याम चापागार्इं, ९ मा पृथ्वीलाल जैसी, १० मा कुमार गुरुङ र ११ मा हिमबहादुर गुरुङ सर्वसम्मत सिफारिसमा परेका छन् ।

यसरी नै मादी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, १० र ११ मा क्रमशः सुरज गुरुङ, एक्काजङ्ग गुरुङ, ज्यामप्रसाद गुरुङ, सत्यराज सापकोटा, ई सुब्बा गुरुङ, पसबहादुर बाँस्तोला, बालकृष्ण गुरुङ, कुलप्रसाद गुरुङ र अमृत गुरुङ पनि सर्वसम्मत सिफारिस पर्नेको सूचिमा छन् ।

रुपा गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा क्रमशः सोमसुनारी मगर, श्रीकृष्ण सुवेदी, रामजी अधिकारी, नगेन्द्रवंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ सर्वसम्मत भएका छन् ।

महानगरपालिकाका प्रमुख, उपप्रमुख र बाँकी वडाध्यक्ष तथा सदस्यहरु र गाउँपालिकाका केही वडाध्यक्ष र सदस्यको टुङ्गो अबको चार दिनभित्र लागिसक्ने कार्यालय सचिव क्षेत्रीले बताए। रासस

प्रकाशित: ५ वैशाख २०७४ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App