८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस नेता खड्काद्वारा बुढानिलकण्ठ मेयरमा उम्मेदवारी घोषणा

काठमाडौं–नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्काले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित स्थानीय तह निर्वाचनमा जाने घोषणा गरेका हुन्।

बुढानिलकण्ठ गाबिसको वडा संयोजक तथा बिष्णु बुढानिलकण्ठको इकाई सदस्य रहिसकेका उनी नेपाली कांग्रेस १२ औं महाधिवेशनका लागि निर्वाचित प्रतिनिधि र संगठन विभाग सदस्य हुन्।

खड्का नेपाली कांग्रेसका निर्वाचित महाधिवेशन प्रतिनिधि हुन्।

विष्णु–बुद्ध परिक्रमाका लागि बुढानिकलण्ठ र कपन जोड्ने सडक निर्माणलाई मुख्य योजनाका रुपमा अघि सारेका उनी यो क्षेत्रका सक्रिय
युवा नेतामध्ये पर्छन्। धार्मिक पर्यटनका लागि आन्तरिक र बाह्य प्रचार–प्रसार र शान्ति सुब्यवस्थालाई आफ्नो चुनावी नारा बनाएका खड्काले आफू मेयरका लागि मुख्य र सशक्त दावेदार भएको दाबी गरे।

शिवपुरी राष्ट्रिय निकुञ्जको विकास, बुढानिलकण्ठमा रहेका धार्मिक संम्पदाको संरक्षण, प्रवद्र्धन तथा बुढानिकण्ठ नगरपालिका क्षेत्रका सार्वजनिक जग्गाको संरक्षण र मिचिएका जग्गा फुकुवाका लागि पहल गर्ने उनले बताए। मेयर आकांक्षी खड्काले बागमतीको उद्गमस्थल बागद्वार क्षेत्रको संरक्षण र विकासका लागि छुट्टै गुरुयोजना सहितको कार्यक्रम ल्याउने बताएका छन्।

रोजगार, अवसर र विकास एकसाथ अघि बढाउने उनले बताए।

२०४६ सालको जनआन्दोलनमा होमिएका उनी त्यसपछि स्थानीय राजनीतिमा सक्रिय छन्। यसअघि बुढानिलकण्ठ गाबिसको वडा संयोजक तथा बिष्णु बुढानिलकण्ठको इकाई सदस्य रहिसकेका उनी नेपाली कांग्रेस १२ औं महाधिवेशनका लागि निर्वाचित प्रतिनिधि र संगठन विभाग सदस्य हुन्। उनले संविधान सभा निर्वाचनमा काठमाडौं–५ सहित देशभर युवा परिचालनको नेतृत्व गरेका थिए।

प्रकाशित: ५ वैशाख २०७४ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App