coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गिद्द लाेप भएकाे भन्दै डाइक्लोफेनेक प्रयोग नगर्ने प्रतिबद्धता

इनरुवा– सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन्।

डाइक्लोफेनेक औषधिको प्रयोगका कारण गिद्ध लोपन्मुख अवस्थामा पुगेको एक अध्ययनले देखाएको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको जिल्ला पशुसेवा कार्यालय सुनसरीका पशु प्राविधिक केशव श्रेष्ठले बताए।

गाईवस्तुमा डाइक्लोफेनेक औषधिको प्रयोग गर्दा गाईवस्तु मरेपछि गिद्धले सिनो खाने गरेको र त्यसका कारण गिद्धसमेत मर्ने गरेको बताइयो ।

नेपाल पाराभेटनरी लाइभस्टक एसोसिएसन सुनसरीका अध्यक्ष गणेश मेहताले पशु प्राविधिक नै गिद्धलाई संरक्षण गर्ने वा मार्ने भएका कारणले अबदेखि डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्ध लगाई गिद्धको संरक्षणमा लागेको बताए।

कार्यक्रममा सहभागी अन्य पशु प्राविधिकले प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धलाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका थिए। रासस

प्रकाशित: ५ वैशाख २०७४ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App