६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

रोबर्ट बन्यो अार्थिक सल्लाहकार

लन्डन—बेलायतमा रोबर्ट प्रविधि वित्तिय सल्लाकारको रुपमा प्रभावकारी प्रविधि बनेको छ। ग्राहकहरुको आर्थिक जिज्ञासा समाधान गर्ने तथा आर्थिक सल्लाह दिने उक्त प्रविधिलाई रोबर्ट एड्भाजर समेत भन्ने गरिन्छ। आर्थिक क्षेत्रमा यस्तो प्रविधिको विकास बेलायतमा भएको छ।

रोबोर्ट एड्भाइजरले कुनै पनि समुदाय माथिको भेदभाव नगरी निपष्क्ष रुपमा वित्तिय सल्लाह प्रदान गर्ने आचार्यले बताए।

उक्त प्रविधिसँग वित्तिय सल्लाह लिनका लागि इन्टरनेटका आफ्नो नाम, उमेर, सम्पति, आर्थिक जोखिम मोल्न सक्ने क्षमता जस्ता विवरणहरु पेस गर्न आवश्यक छ। यस पश्चात् रोबर्टले तत्कालै लगानीको अवसरबारे जानकारी प्रदान गर्नेछ। बेलायतमा उचित क्षेत्रमा पैसाको लगानी गर्नका लागि रोबोर्ट एड्भाइजरको प्रयोग हुने गरेको हो। यसको विश्वसनीयता बढदो देखिएको छ।

बेलायती अर्थ मन्त्रालयले लामो अध्ययन पश्चात् यस प्रकारको प्रविधिको प्रयोग गरेको हो। बैक अफ इंग्ल्यान्डसँगको सहकार्यमा यो प्रविधिको विस्तार गरिएको हो। लन्डनका अर्थ व्यवस्थापन विज्ञ विकलचन्द आचार्यका अनुसार यस्तो प्रविधिले मानवीय दिमागका साथसाथै ग्राहकसँग सुमधुर सम्बन्ध बनाउनका लागि सहयोग गरेको छ।

रोबोर्ट एड्भाइजरले कुनै पनि समुदाय माथिको भेदभाव नगरी निपष्क्ष रुपमा वित्तिय सल्लाह प्रदान गर्ने आचार्यले बताए।

रोबर्ट प्रविधिले मानवीय जीवनका केही पाटाहरुलाई भने विस्तार गर्न सक्दैन। तापनि वितीय योजनाको क्षेत्रमा भने रोबार्ट प्रविधिले प्रभावकारी रुपमा काम गर्न सक्ने देखिएको छ। खासगरी यसको उपयोग वित्तिय अवधारणमा असक्षमहरुका लागि उपयुक्त देखिएको छ।

प्रकाशित: ५ वैशाख २०७४ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App