८ वैशाख २०८१ शनिबार
समाज

गठ्ठाघरमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

भक्तपुर—मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।

बा ८३ प ९४३२ नम्बरको मोटरसाइकलको  पछाडि सवार सुष्मा कुटुको ज्यान गएको हो।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले सानोठिमीबाट गठ्ठाघर हुँदै कौशल्टारतर्फ जाँदै गरेको बा ८३ प ९४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार सुष्मा कुटुको ज्यान गएको हो।

महानगरीय प्रहरी वृत्त थिमीकाअनुसार मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार बस्ने १९ वर्षीया उनी ठक्करबाट गम्भीर घाइते भएपछि नागरिक अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको ज्यान गएको हो।

प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्याम ओलीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०७४ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App