८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख दल उल्टाे बाटाे हिँडिरहेका छन्ः अध्यक्ष थापा

राजेन्द्र भट्ट

महेन्द्रनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले वैशाख अन्तिमसाता हुन लागेको स्थानीय तहको निर्वाचनको ऐतिहासिक महत्व भएको बताएका छन् ।

सोमबार कञ्चनपुर सरदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थानीय निकायको चुनावको ऐतिहासिक महत्वको प्रजातान्त्रिक अभ्यास भएको जिकिर गरे। कुनै पनि दल र नागरिकले स्थानीय निर्वाचन बहिस्कार गर्न नहुने उनको भनाइ थियो।

मधेशी मोर्चा र त्यहाँका जनतालाई स्पष्ट पार्न चाहन्छु भन्दै उनले भने, ‘मधेशी जवताको हक अधिकार, पहिचान र त्यस क्षेत्रको विकासकालागि कुनै पनि राजनीतिक दल असहमत छैन्।’ कसरी अघि बढ्ने मतभेद होलान तर  नमिलेका कुरा सहमतीमा मिलाउन समिन्छ ।

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा सरकारकाले सबै दललाई सहभागि गराउन प्रयास गरिरहेको जिकिर गर्दै मन्त्री थापाले भने, ‘अन्तिम समयसम्म पनि यस निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु।’ मुलुकको वर्तमान अवस्थालाई समिक्षा गरी आउँदो स्थानीय निर्वाचानमा आफ्नो विवेकको प्रयोग गर्न उनले आग्रह गरे।

नयाँ नेपाल निर्माण र आमुल परिवर्तनका नाममा जग भत्काउने प्रयास भइरहेको उनको आरोप थियो । ‘प्रमुख दल उल्टो बाटो हिँडिरहेका छन्। परिर्वनतका नाममा हिन्दु राष्ट्रमाथि प्रहार भएको छ,’ उनले भने । विदेशीको प्रवाहमा परी हिन्दु राष्ट्रको पहिचान समाप्त पार्न खोजिएको उनको भनाई थियो। अबको स्थानीय निर्वाचानमा आफ्नो पार्टीले गाउँपालिका र नगरपालिकामा जित हासिल गरे सबै समस्या समाधान गर्ने आश्वासन दिए । राप्रपा अध्यक्ष समेत रहेका थापाले चुनावलाई कसैले रोक्न र चुनावबाट भाग्न नहुने तर्क गरे।

‘यो ऐतिहासिक प्रजातान्त्रिक अभ्यास हो, ‘उनले भने, ‘आफ्नै भाग्यको आफैले फैसला गर्ने स्थानीय सरकार बनाउने दल र जनताको हातमा छ।’ नयाँ संविधान जारी भएपछि हुन लागेको पहिलो स्थानीय तहको निर्वाचनमा सबैले भाग लिनुपर्ने उनले बताए। स्थानीय तह आफैमा सरकार भएकाले चुनावको महत्व ठूलो भएको समेत थापाको भनाइ छ। मधेशका जनताको पहिचान र विकासका लागि कुनै पनि राजनीतिक दल असहमत नभएको बताउदै थापाले मधेशवादी दलले चुनावमा भाग लिनुपर्नेमा जोडदिए ।

‘कुनै पनि दल मधेश बिरुद्धमा छैनन्, ‘उनले भने, ‘मधेशवादी दलले संविधानबाट प्राप्त उपलब्धी रक्षा गर्नका लागि समेत चुनावमा भाग लिनुपर्छ।’ मुलुक संकटै संकटको चक्रब्यूमा फसेको भन्दै थापाले समयमै समस्या निदानगर्नुको विकल्प नरहेको बताए। विदेशीको दवावमा धर्मनिरपेक्षता गराएको  भन्दै उल्टोबाटोतिर हिड्दा मुलुकमा समस्या खडा भएको उनको भनाइ छ ।

प्रकाशित: ४ वैशाख २०७४ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App