सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

सोमबार, ०४ बैशाख २०७४, १८ : ४३ नागरिक

काठमाडाै– उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ ।

ऐनको सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्थाको कार्यान्वयनका सम्बन्धमा उद्योग मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग साेमबार गरेको छलफलपछि कार्यविधि बनाइने जनाएको हो ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्कलित रकम विपन्न वर्गका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणमा खर्च गर्नुपर्ने बताउँदै रकमको सदुपयोग गर्न छलफलमा उठेका सुझाव समेटिने गरी सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित संयन्त्र बनाई कार्यविधि बनाइने जानकारी दिए ।

सरकारले हालै ल्याएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा वार्षिक रु १५ करोडभन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगले वार्षिक मुनाफाको कम्तीमा एक प्रतिशत रकम व्यावसायिक सामाजिक जिम्मेवारी गर्ने प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छलफलमा मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले ऐनमा भएको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सुझावका आधारमा कार्यादेश तथा ढाँचा तयार गरिने बताए ।

मन्त्रालयले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगलाई एउटै डालामा राखेर आवश्यक क्षेत्रमा खर्च गर्न सके सहयोगको प्रभावकारिता देखिने जनाएको छ । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मुनाफाको एक प्रतिशत अंश सामाजिक क्षेत्रमा खर्च गर्न आफूहरु तयार भए पनि खर्चको प्रमाणीकरण स्पष्ट हुनुपर्ने र पुनःयस्तै प्रकारको कर अन्य सरकारी निकायले लिन नहुनेमा मन्त्रालयले विश्वास दिलाउनुपर्ने माग गरेका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad