coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

बेलायतका नेपालीले लन्डनमा मनाए नयाँ वर्ष

लन्डन– बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाएका छन् । आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा नेपालीहरु भेला भएर नयाँ वर्ष मनाएका हुन् ।

कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदीले गरेका थिए । डा. सुवेदीले नयाँ वर्ष २०७४ को शुभकामना मन्तव्यमा नेपाली वर्ष मनाउन अब नेपाल जानै पर्ने बाध्यता नरहेको बताए। उनले विदेशमा नेपाली कला संस्कृति मैलाउँदै आएको बताउँदै नयाँ वर्षले खुशीसहित र नयाँ सम्भवना बोकेर आउने बताए। उनले यस्ता उत्सवले नेपालीबीच एकता, सहिष्णुता र भातृत्व विकास हुने विश्वास व्यक्त गरे।
 कार्यक्रममा गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिए।

कार्यक्रममा स्थानीय कलाकारले विविध संस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए। गायक सुजन पराजुली, दिव्यानी शर्मा, सुजाता काफ्ले, मन्दिरा प्रसाई, चाँद लामालगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।
गोर्खा अनलाइन रेडियोको आयोजनामा भएको कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रया क्षेत्री, अमुल्य थापा, अतुल्य शाहीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार नारायण गाउँले, रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता वाचन गरेका थिए। पत्रकार वाचस्पति रेग्मीको सम्पादनमा सुरु भएको सीमा—पारी डट कम समाचार प्रोटलको सुरुवात राजदूत डा. सुवेदी र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष चिरन शर्मा, काउन्सिलर बिष्णु गुरुङ, गैरआवासीय नेपाली संघका संस्थापक चिरञ्जीवी ढकाल, समाजसेवी ध्रुव केसीलगायतको उपस्थिति थियो।
 

प्रकाशित: ४ वैशाख २०७४ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App