७ वैशाख २०८१ शुक्रबार
समाज

खुकुरी प्रहार गरी बाबुको हत्या

नवलपरासी– नवलपरासीका एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै बाबुको हात्या गरेका छन्।

पालिनन्दन गाउँपालिका–६ स्थित घरको छतमा सुतिरहेको अवस्थामा आफ्नै ७० वर्षका बाबु हुसेनी पश्चिमी थारुलाई छोरा ४० वर्षीय नरहरिप्रसाद थारुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते थारुको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जग्गाको बिषयलाई लिएर नरहरिले आइतबार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्ने अभियुक्त नरहरिलाई पक्राउ गरिएको छ ।

प्रकाशित: ४ वैशाख २०७४ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App