७ वैशाख २०८१ शुक्रबार
राजनीति

को को छन् खोटाङमा मुख्य दलका सम्भावित उम्मेद्वार ?

खोटाङ– खोटाङमा राजनैतिक दलहरु वैशाख ३१ गतेको निर्वाचनका लागि योग्य उम्मेदवार छान्न व्यस्त छन् । कांग्रेस, एमाले र नेकपा माओबादी केन्द्रबीचमा प्रतिष्पर्धा हुने देखिएको जिल्लामा मेयर र उपमेयरको टुंगो नलागे पनि कतिपय गाउँ प्रमुख र वडा प्रमुखको उम्मेदवार भने टुंगो लागिसकेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश क्षेत्रमा आफ्नो जित सुनिश्चितताका लागि हरेक दल आ–आफ्नो रणनीति तयार पार्न अभ्यासरत छन्। निर्वाचनको मिति नजिकिएसँगै दललाई उम्मेदवार छान्ने चटारो लागेको हो। उम्मेदवार छान्ने विषयमा बैठक÷छलफल गरिरहेको भएपनि कुनैपनि दलले नगरपालिका र गाउँपालिकाको सबै उम्मेवार टुंगो लगाउन सकेका छैनन् ।

मेयरका आकांक्षीमा एकभन्दा धेरै नेता तथा कार्यकर्ताको लर्को लागेपछि कतिपय पार्टीलाई उम्मेदवार व्यवस्थापनमै चुनौती थपिएको छ। कतिपय पार्टीका प्रभावशाली नेताहरु एउटै नगरपालिकामा परेका कारण पनि टिकट व्यवस्थापनमा समय लागेको हो। मेयर र उपमेयरका लागि उम्मेदवार बन्न एमालेले त कार्ययोजना नै पेश गर्नुपर्ने मापदण्ड बनाएको छ।

एमालेका सम्भावित उम्मेद्वार को को छन् ?

एमालेले दुई नगरपालिकाको मेयर र उपमेयरको टुंगो नलागे पनि तीन गाउँपालिका प्रमुख र अधिकांश वडाअध्यक्षको उम्मेदवार छानिसकेको जनाएको छ। हालसम्म लामीडाँडा गाउँपालिकाको प्रमुखमा लिला निरौला, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, बराहपोखरी गाउँपालिकाको प्रमुखमा गणेश कोइरालालाई सर्वसम्मत उम्मेदवार घोषणा गरिएको एमालेले जनाएको छ। एमालेबाट रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा देवबिक्रम राई, जलसेर राई, कुमार आचार्य, दीपनारायण रिजाल, बीरबलकाजी राई, भागवत घिमिरे, उपिन राई, रमेश परियार, गोपालचन्द्र आचार्यको नाम चर्चामा छ। हलेसी तुवाचुङ नगरपालिकामा खडेन्द्र राई, सुरेन्द्र राई, अकिल राई, बिष्णु दाहाल, मनिषा राईमध्ये एकले मेयरको टिकट पाउने छन्।

एमालेले रुपाकोट मझुवागढी नगरपालिका–३ मा निरबहादुर राई, ७ मा दिलचक्र राई, ८ मा लिलाकुमार चौहान, १० खार्मीमा हर्कराज राई, १३ नुनथलामा दिनेश सामपाङ र १४ बुईपामा दिनेश राईलाई वडाध्यक्षको उम्मेदवारी दिने निर्णय गरेको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिका–९ अर्खौलेमा किशोर श्रेष्ठ, ७ महादेबस्थानमा लंकशेर राई लगायतलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार सिफारिस गरिएको एमाले अध्यक्ष बबी चामलीङले बताए।

केपीलासगढीको प्रमुखमा बर्णानुक्रम अनुशार कृष्ण राई र हरिश्चन्द्र राई, ऐसेलुखर्क गाउँपालिकामा गृहकुमार राई, बर्ण राई, लवकुमार राई, साकेला गाउँपालिकामा बिक्रम चौंलागाई, गोपी खड्का, बद्री राई, दिप्रुङ गाउँपालिकामा अर्जुन रोका, नरेश राई, शिबराज राई, चर्च बिक, दिलीप राई तथा खोटेहाङमा प्रदीप राई, राजन बञ्जरा, अर्जुन गैरापिप्ले, मिलन श्रेष्ठ, गोकुल परियारको नाम चर्चामा छ ।
 

कांग्रेस पनि उम्मेदवार छान्दै

खोटाङमा नेपाली कांग्रेसले पनि उम्मेदवार छानिरहेको छ । सार्वजनिक नगरे पनि नगरपालिका र गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने काम अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । श्रोतका अनुशार रुपाकोट मझुवागढी नगरपालिकामा राजनसेर राई, नवराज केसी, दुर्गाप्रसाद घिमिरे, तिथ भट्टराई, रोजन राई, प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र जोशीमध्ये एकजनालाई मेयरको उम्मेदवारी दिने तयारी छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका चक्रकुमार राई, इवन राई, दिनेश राई, दुरेन राई, बिमला राई मध्ये एक जनाले मेयरको टिकट पाउने कांग्रेस श्रोत बताउँछ । यस्तै, लामीडाँडा गाउँपालिकामा फटिक श्रेष्ठ, जनक कार्की, ऐसेलुखर्क गाउँपालिकामा बिश्वनाथ निरौला, केपिलासगढीमा समिर राई, भक्तजङ राई, बीरकाजी राई, मनोज तिम्सिना, साकेला गाउँपालिकामा इच्छुराम राना, रमेश खड्का, राम सामपाङ, कृष्ण भट्टराई, दिप्रुङ गाउँपालिकामा केशवराज कार्की, भूपेन्द्र राई, शरण राई, दिपराज राई, तीर्थराज राई, जन्तेढुंगामा राम श्रेष्ठ, खेम खड्का र देवराज बस्नेत लगायतको सम्भावना बलियो छ।

बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ, जीवन राई, शालिकराम बञ्जरा, खिलाराज राई, खोटेहाङ गाउँपालिकामा प्रेमकुमार राई, भरत पोखरेल, तारानाथ भट्टराई, कुमार उदास लगायतको नाम वडाअध्यक्षमा चर्चा छ।

को को छन् माओवादी केन्द्रका ?

नेकपा माओबादी केन्द्रले पनि दुई नगरपालिका र आठ गाउँपालिकामा उम्मेदवार छानिरहेको छ। नेकपा माओबादी केन्द्रकातर्फबाट रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेस राई, होमकाजी आचार्य, मदन तामाङ, धुर्वा राईलगायतको नाम चर्चामा छ । हलेसी तुवाचुङ नगरपालिकामा जीवन राई, सन्देश राई, गोपाल दाहाल, रुपनारायण दाहाल, हस्तबहादुर राई लगायतमध्ये कुनै एकलाई मेयरको उम्मेदवार बनाउने माओबादी केन्द्रको तयारी छ। माओबादी केन्द्रले पनि केही दिनपछि नगरपालिका र गाउँपालिकाको उम्मेदवार घोषणा गर्ने जनाएको छ ।

प्रकाशित: ४ वैशाख २०७४ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App