coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेनाद्वारा सप्तरीमा सकेट बम निष्क्रिय

सप्तरी– सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निष्किृय गरेको सेनाले प्रहरीले जनाएको छ ।

ओम श्री रोशन इम्पोरियममा फेला परेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ ।

आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ । रासस

प्रकाशित: ४ वैशाख २०७४ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App