७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

नयाँदिल्ली– भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ।
मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।

उक्त इमेल पश्चात् मुम्बई प्रहरीले विमानस्थलको सुरक्षामा विशेष ध्यान दिएको छ। उक्त महिलाले उनलाई ५ जनाको समुहमा रहेको अज्ञात केटाहरुले विमान अपहरणको बारेमा बताएकाले आफूले उक्त जानकारी प्रहरीलाई दिएको बताएकी थिइन्।

भारतीय विमान र विमानस्थलको सुरक्षाको जिम्मेवारी पाएका सैनिकहरुले विमान अपहरणको हल्ला सँगै विमानस्थलको सुरक्षामा विशेष ध्यान दिएको बताइएका छन् ।

सम्भावित विमान अपहरणको  समाचारपछि कुकुरको सहायताले विमानस्थलको निगरानी बढाइएको छ । सुरक्षामा खटिएका सैनिकहरुको टोलीले विमानकम्पनीलाई समेत सुरक्षामा विशेष चासो दिन निर्देशन दिएको थियो।

विमान अपहरण हुने बारे प्राप्त इमेलमा बारेमा अनुसन्धान भइरहेको छ। सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि छुटेको भारतीय एयर लाइन्सको सी ८१४ को उडानलाई एक लडाकुको समूहले अपहरण गरेको थियो।   
 

प्रकाशित: ४ वैशाख २०७४ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App