coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

काठमार्डौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ३७२५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग१२प ७११५ नंको मोटरसाइकललाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–७ बस्ने ४८ वर्षीया इन्द्रा अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोही मोटरसाइकलका चालक पोखरा महानगरपालिका–७ वस्ने ५३ वर्षीय कृष्णप्रसाद अर्याल घाइते भएको प्रहरीले जनाएको छ । मृतक इन्द्रा अर्यालको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने घाइते कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ । रासस 

प्रकाशित: ४ वैशाख २०७४ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App