coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुसहर बस्तीमा सहयोग

सिरहाको मिर्चैया–७ मुराबारीस्थित मुसहर बस्ती। तस्बिरः मिथिलेश यादव

लहान– मिर्चैया–७ मुराबारीको मुसहर बस्तीमा सिरहाली सेवा समाज तथा इन्ट्रयाक्ट कल्ब अफ चेल्सी इन्टरनेश्नल एकेडेमी काडमाडाैंले सहयोग पुर्याएका छन्। समाज र एकेडेमीले बस्तीमा लत्ताकपडा तथा सरसफाइका सामग्री वितरण गरेको बस्तीकी बबिता सदायले फोनमा जानकारी गराइन्।

उनी खुशी हुँदै भनिन्, ‘हामीलाई कपडा, साबुन, नेलकटर, काइयोलगायतका सामान दिनुभयो।’ नागरिकन्युज अनलाइन,  नागरिक दैनिकमा र रिपब्लिका दैनिक पत्रिकामा यस बस्तीको अत्यास लाग्दो अवस्थाका विषयमा समाचार प्रकाशित भएपछि मनकारीहरु सहयोग लिएर पुगिरहेका छन्। बस्तीका जेष्ठ नागरिक बालदेव सदायले फोनमा नागरिकन्यूजसँग भने, ‘नागरिकले उजागर गरिदिएको हाम्रो दुःखप्रति सद्भाव देखाउँदै सहयोगीहरु बस्ती पुगीरहेका छन्, धन्यबाद।’

यसअघि नेवाले बस्तीमा चापाकल जडान गरिदिएपछि धमिलो पानी पिउने बाध्यताबाट यहाँका नागरिक मुक्त भएका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खाने पनी उपलब्ध गराउन गहिरो ट्युवेल जडान गर्ने तयारी गरेको छ। छत्रपाटी निःशल्क चिकित्सालय काठमाण्डौंले यसअघि  बस्तीका ३३ घरधुरीलाई खाद्यान्न र लताकपडा सहयोग गरिसकेको छ ।
    
‘हुरी र ठूलो पानी आउँदा सबै समान भिज्छ,’ बालदेव भन्छन्, ‘साधारण टेकोमा अडिएको छाप्रो फेर्ने सपना छ।’ धुर्मस– सुन्तलीले हामीजस्तै बिपन्न मुसहरका लागि महोत्तरीमा घर निर्माण गरिदिएको सुनेको छु बालदेव भन्छन्, ‘बिपन्न मुसहरका लागि भगवान उहाँहरु(धुर्मस–सुन्तली) हामीलाई पनि बास व्यवस्था गरिदिए हुन्थ्यो।’

 

 

प्रकाशित: ४ वैशाख २०७४ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App