सल्यानका २ हजार बढी बालबालिका विद्यालय पहुँच बाहिर

सोमबार, ०४ बैशाख २०७४, १० : ५० नागरिक

सल्यान –  सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् । 

विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । “क र ख वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।” जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले भने । 

जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिए । पाठ्यपुस्तक समयमा नपाउँदा पनि विद्यार्थी विद्यालय नआउने गरेका छन् । 
सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनीहरुको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए । विद्यालयले समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुनअनुसार कारबाही गरिने उनले बताए। 

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन् । रासस 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad