७ वैशाख २०८१ शुक्रबार
समाज

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जापानिज नागरीक जापान क्युटोका ५५ वर्षीय हिरोसि मोरिकवा र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ५० वर्षीय बज्र गुरुङ रहेका छन्।
उनीहरुले जापानमा पासोना नामको मल्टीनेश्नल कम्पनीको मेनेजर आफ्नो विगत ४५ बर्ष देखिको साथी भएकोले ८ लाख रुपैयाँमा जापान पठाउने र प्रतिमहिना ३ देखि ४ लाख रुपैयाँ कमाई हुने भनि गोरखा घर हुने जनकराज ढकाल समेत १२ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
    उक्त रकम लिए पछि उनीहरु सम्पर्कविहिन भएका थिए। पीडितहरुले  महाशाखामा निवेदन दिएपछि महाशाखाको विशेष टोलीले ठगी कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।  
मोरिकवाले आफुलाई जापानिज नागरिक बताउने तर साथमा राहदानी नभएको, उनले डि–इम्यानुअल कन्सल्टेन्सीको सिइओ तथा जापान फ्युचर सिटी इनिसिएटीभको प्रतिनिधिको आइडी कार्ड बनाई काम गर्ने गरेका थिए। यस्तै र गुरुङले उक्त कन्सल्टेन्सीको डाइरेक्टर हुँ भनि बताउँदै भूकम्प पीडितको घरहरु भूकम्प प्रतिरोधी बनाई दिने भनि दोलखाको सिंगटीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम समेत चलाएका थिए। तालिम सम्पन्न पश्चात सजिलो गरी जापान जान सकिने भन्दै विभिन्न पीडितहरुसँग उनीहरुले ठूलो मात्रामा रकम लिएको हुन सक्ने देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३ असार २०७३ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App