६ वैशाख २०८१ बिहीबार
प्रवास

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

युएईको कार्यक्रममा गायिका ज्योति मगर।

युएई- नयाँ वर्षको अवसर पारेर युएई आएका गायिका ज्योति मगर र डान्सर रिया श्रेष्ठले दुबई र आधुधाबीमा छुट्टाछुट्टै प्रस्तुति दिएका छन्। उनीहरुको प्रस्तुतिले नेपाली समुदायमा चर्चा पाएको छ।

काभ्रे सेवा समाज युएईले दुबईमा आयोजना गरेको अपांग तथा अनाथ बालबालिकाहरुको लागि सहयोगार्थ कार्यक्रममा रिया श्रेष्ठ मुख्य आकर्षण रहिन्। ज्योति मगर लिस्ल फाङ घले समाज युएईले अबुधाबीमा आयोजना गरेको नयाँ बर्ष धमाकाकार्यक्रमको मुख्य आकर्षण बनिन्। रिया र ज्योतिलाई हेर्न कार्यक्रममा नेपाली दर्शकहरुको भिड लागेको थियो।

पछिल्लो समय मलेसियामा भएको एक कार्यक्रममा नाच्ने क्रममा स्टेजमै कपडा खोलेर चर्चा कमाएकी थिइनन्। उनले उध्रेको चोली र ठमेल बजार बोलको गीतमा नृत्यु प्रस्तुत गरेकी थिइन्। रियासँगै आधुनिक गायिका रीता केसी र गायक विश्व डोङले प्रस्तुति दिएका थिए।

रिया भन्दा के कम ज्योति मगर। उनले पनि स्टेजमा त्यतिकै खुलेर आफूलाई प्रस्तुत गरिन्। पहिलो चोटी स्टेजमा साधारण कपडा लगाएर प्रस्तुत भएकी ज्योति केही समयमै कपडा परिवर्तन गरेकी थिइन्। विस्तारै उनले पहिर परिवर्तन गरेकी थिइन्।

नेपाली नयाँ वर्ष र युएईको सार्वजनिक विदा एकै दिन परेकाले सबै नेपालीहरुले पार्कहरुमा समेत बसेर नयाँ बर्षको शुभकामना आदान प्रदान गरेका थिए।

डान्सर रिया श्रेष्ठ

  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App