१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

सन्तोष सिंह

सर्लाही- सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।

पक्राउ पर्नेहरुमा मलंगवा–१० का २० वर्षिय उमेश कुमार साह हलुवाई, औरही–९ का १९ वर्षिय रविन्द्र राय र ४२ वर्षिय नवल राय छन् । तीनै जनालाई प्रहरीले मलंगवा आसपासबाट पक्राउ गरीएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए । प्रहरीले लालबन्दीबाट महोत्तरी भरतपुर–४ का २१ वर्षिय रामप्रबेश महतो, महोत्तरी लक्षमिनिया–२ का ३२ वर्षिय नारायण यादव र १८ वर्षिय उदय यादवलाई पक्राउ गरेको रिजालले बताए।

मोटरसाइकल चोरीका घटना बढेपछि चोर र चोरीका मोटर साइकल समात्न जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोसाकमा खटेका प्रहरी टोलीले अप्रेशन सफल बनाउँदै ४ नेपाली नम्बर प्लेट र ३ वटा भारतीय नम्बर प्लेटको मोटर साइकल सहित चोरहरु पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चोरी गरेका मोटर साइकलहरु १५ देखि २० हजारमा बेच्ने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७४ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App