८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा’ सुरु

काठमाडौं- नेपाली सेना र चिनियाँ जनमुक्ति सेना विशेष सैनिक टोलीबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ।

 महाराजगञ्जस्थित सैनिक व्यारेकमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोद कुमार श्रेष्ठले संयुक्त सैन्य अभ्यास ‘सगरमाथा’ को शुभारम्भ गरे। यो दुई सेनाबीचको पहिलो सैन्य अभ्यास हो।

तालिमको शुभारम्भ गर्दै उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने संयुक्त सैन्य तालिमले दुबै देशका सेनाको व्यवशायिकता अभिबृद्धि हुनुको साथै मित्रवत सम्बन्धमा नयाँ आयाम थपिने बिश्वास व्यक्त गरे।  

कार्यक्रममा चिनियाँ जनमुक्ति सेनाका कर्णेल याङ सुमिङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकबाद कारवाहीको क्षमतामा अभिबृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने बताए।

 

प्रकाशित: ३ वैशाख २०७४ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App