८ वैशाख २०८१ शनिबार
राजनीति

एक करोड ३२ लाख मतपत्र तयार

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले  स्थानीय निर्वाचनका लागि आयोगले ६२ जिल्लाका एक करोड ३२ लाख मतपत्र छपाइएको जानकारी दिएका छन्। आइतबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले भने, ‘आयोग कार्ययोजनाअनुसार नै काम गरिरहेको छ, छ सेट मतदाता नामावली, मतदाता परिचयपत्रको छपाइ काम भइरहेको छ, मतदाता परिचयपत्र समयमै मतदाताको हातमा पुर्‍याउनुपर्छ भन्नेमा आयोग दृढ छ, आमसञ्चारको माध्यमबाट मतदाता शिक्षाको काम व्यापक रुपमा प्रचारप्रसार भइरहेको छ।‘

मतपत्रको ढुवानीका लागि नेपाली सेना तथा अन्य सामग्री ढुवानीका लागि सशस्त्र प्रहरी बललाई जिम्मा दिइने जानकारी दिँदै डा यादवले आयोग सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेर तयारीका साथ अघि बढिरहेको बताए।

बैठकमा सांसदहरुले विभिन्न जिल्लामा निर्वाचनलाई प्रभाव पार्ने ढङ्गबाट आचारसंहिता उल्लङ्घनको घटना भएकामा आयोगको ध्यानाकर्षण गराउँदै अहिले कुनै राजनीतिक दल र उम्मेदवारविशेषले एकै जिल्लामा ३० वटासम्म स्काभेटर र डोजर प्रयोग गरेर विकास निर्माणका काम सुरु गरेको जानकारी दिए।

मतपत्रका आकार ठूलो भएकाले निर्वाचन शिक्षामा विशेष जोड दिइनुपर्ने खाँचो औंल्याउँदै उनीहरुले मुलुकका ९० प्रतिशत गाउँमा चुनावको वातावरण बन्दासमेत अझै पनि चुनावको विषयमा हुँदै गरेको आशङ्कालाई मेट्न आवश्यक रहेकोमा जोड दिए। रासस

 

प्रकाशित: ३ वैशाख २०७४ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App