coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

उदयपुर- यहाँका एक किशोरको मोवाईल चार्ज गर्दा विद्युतीय झट्का लागेर आईतबार निधन भएको छ। चार्जमा राखेको मोवाइल खेलाउँने क्रममा करेन्ट लागेर त्रियुगा नगरपालिका २  साविक जोगीदहमा १६ वर्षीय चित्रबहादुर बिकको निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानामगरका अनुसार त्रिनपा १० करमगाछी बोक्सेका बिक जोगीदहस्थित दिदीको घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै मृत्यु भएको मगरले बताएका छन्।

प्रकाशित: ३ वैशाख २०७४ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App