लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

आइतबार, ०३ बैशाख २०७४, ११ : ५० नागरिक

रुपन्देही (लुम्बिनी)—विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन्।

बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ।


स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन्। बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ।

माग्नेले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गा दुधे बालकलाई लिएर बसेका देखाएर पैसा माग्ने र पैसा नदिएको खण्डमा पर्यटकको खुट्टा ढोग्नेजस्ता क्रियाकलाप गर्ने गरेको देख्न पाइन्छ।

साथै केही पैसा जम्मा भएपछि ती माग्नेले मदिरा (रक्सी) पिएर फेरि त्यही तरिकाले माग्ने गरेको त्यहाँका माग्नेहरूको दिनचर्या बनेको छ। विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनीमा दिनानुदिन माग्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ।

यस विषयमा त्यहाँका सुरक्षा व्यवस्था हेर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षा गार्डको नजर पुगे पनि उनीहरू मौन छन्।

हामीहरूले जति भने पनि लुम्बिनी विकास कोष यो विषयमा छलफल नै गर्न चाहँदैन। ड्युटीमा रहेका एक प्रहरी जवानले गुनासो गरे। यसबारे लुम्बिनी बिकास कोषका कर्मचारीसँग सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन्।

दिनहुँ हजारौँ पर्यटक आउने लुम्बिनीमा माग्नेहरूको अड्डा बन्दै जाँदा लुम्बिनीको प्रतिष्ठामा मात्र आँच नआई सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने साथै विदेशी पर्यटकमा नेपालको बारेमा गलत सन्देश जाने हुँदा यस विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु जरूरी देखिन्छ । रासस






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad